स्वास्थ्य पत्रकार मञ्च नेपाललाई ‘अन्तराष्ट्रिय सञ्चार सेवा पुरस्कार’
काठमाडौँ, १४ फागुन । स्वास्थ्य पत्रकार मञ्च नेपालले यसवर्षको अन्तराष्ट्रिय सञ्चार सेवा पुरस्कार प्राप्त गर्ने भएको छ ।
एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएशन क्यालिफोर्निया अमेरिकाले स्वास्थ्य विटमा कलम चलाउने नेपाली पत्रकारहरुको संस्था स्वास्थ्य पत्रकार मञ्च नेपाललाई ‘अन्तरष्ट्रिय सञ्चार सेवा पुरस्कार -२०२३’ दिन लागेको हो ।
पुरस्कारको राशी १५० अमेरिकी डलर र ताम्रपत्र हुनेछ ।
एनआरएनए क्यालिफोर्नियाको गत २५ फेब्रअरीमा बसेको सचिवालय बैठकले नेपालमा क्रियाशिल पत्रकारहरुका विभिन्न १० वटा संस्थालाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।
एनआरएनए क्यालिफोर्नियाका अध्यक्ष माधव मरासिनी र महासचिव दिपेश लामाद्धारा जारी विज्ञप्तीमा मञ्चसंगै श्रमजीवी पत्रकार संघ, राष्ट्रिय दलित पत्रकार संघ, आदिवासी जनजाती पत्रकार महासंघ, क्रियाशिल महिला पत्रकार, मुस्लिम जर्नालिष्ट क्लव, मधेसी पत्रकार समाज, अपांग पत्रकार मञ्च, शिक्षा पत्रकार समूह र राष्ट्रिय यातायात पत्रकार संघलाई पुरस्कृत गर्ने उल्लेख छ ।
यो पुरस्कार देउराली फाउन्डेशनको संयोजनमा आगामी ७ बैशाखका दिन विशेष समारोहका बीच प्रदान गरिने बताइएको छ ।