सुत्केरी मृत्यु प्रकरण : त्रिशुली अस्पतालले तीन दिनमा निकाल्यो तीनवटा विज्ञप्ती

काठमाडौँ, १३ फागुन । प्रसुतिपछि आएको जटिलताबाट एक जना महिलाको ज्यान गएपछि त्रिशुली अस्पताल लफडामा फसेको छ ।

अस्पतालले पछिल्ला तीन दिनको अवधीमा सम्झौँता पत्रसहित तीनवटा फरक फरक विज्ञप्ती जारी गरेको छ ।  तर, स्थिति अझै सामान्य बनिसकेको छैन् ।

आन्दोलनमा उत्रिएका स्थानीय बासीले आज पासाङलामु सडकमार्गमा टायर बालेर सवारी चल्न दिएका छैनन् ।

घटना के हो ?
गत ८ फागुनका दिन त्रिशुली अस्पतालमा शल्यक्रियाद्धारा प्रसूति गराईएकी सरिता न्यौपानेको ११ फागुनका दिन काठमाडौँको सितापाइलास्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । त्रिशुली अस्पतालले सुत्केरी भएको आठ घण्टापछि मृतक न्यौपानेमा EmLSCS for severe Oligohydramnios with sepsis with AKI with Bilateral Pneumonia (D/D DIS) सम्वन्धी समस्या आएको पहिचान गरि काठमाडौँ लगेको र उपचारका क्रममा निधन भएको बताएको छ । तर मृतकका परिवार तथा आफन्तले त्रिशुली अस्पतालको लापरवाही भएको आरोप लगाउँदै आएका छन् ।

विवाद बढ्दै गएपछि गत बिहीबार अस्पताल, स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन समेतको सर्वपक्षीय बैठकले छ बुँदे सम्झौँता गरेको थियो । त्यसमा घटनाबारे छानवीन गर्न प्रमुख जिल्ला अधिकारी वेधनिधी अधिकारीको संयोजकत्वमा ७ दिन भित्र ५ सदस्यीय छानवीन कमिटि गठन गर्ने, आमा गुमाएका नवजात शिशुको पालन पोषणका लागि विदुर नगरपालिकाको सहयोगमा १३ दिन भित्र ५ लाख रुपैयाँ उपलव्ध गराउने लगायतका विषय उल्लेख थियो ।

सो सम्झौँता पछि मत्थर हुँदै गएको परि घटना शुक्रबार अस्पतालका मेसु डा दिपेन्द्र पाण्डेले निकालेको अर्को विज्ञप्ती पछि पुन तातियो । शनिबार उनको राजिनामा र कारवाहीको माग गर्दै सडक नै अवरुद्ध हुने अवस्थासम्म आइपुग्यो । स्थिति झन् भड्किएपछि शनिबार पुन मेसु पाण्डे र अस्पतालका अध्यक्ष राजु पण्डितले अर्को विज्ञप्ती जारी गरेका छन् ।

यसमा १२ फागुनमा प्रकाशित विज्ञप्तीले पारेको असर प्रति क्षमा माग्दै ११ गते भएका सम्झौँता बमोजिम अघि बढ्ने उल्लेख छ ।

हेरौँ विज्ञप्तीहरु

अस्पतालका तर्फबाट आज प्रकाशित गरेको विज्ञप्ती (यसमा मिति भने १० वर्ष पछिको छ)

गत ११ फागुनमा अस्पताल र विरामी पक्षबीच भएको सम्झौँता र विज्ञप्ती

सम्झौँता पछि थप प्रष्ट पार्न भन्दै हिजो अस्पतालको तर्फबाट निकालिएको अर्को विज्ञप्ती

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *