९६ जना स्टाफ नर्स, १० जना एमबीबीएस डाक्टर सहित १७० जनाका लागि स्थायी हुने अवसर

काठमाडौँ, १३ बैशाख । लोकसेवा आयोगले भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका लागि ९६ जना स्टाफ नर्स, १० जना एमबीबीएस डाक्टर सहित विभिन्न १७० पदमा स्थायी पदपूर्ति गर्न दरखास्त आवहान गरेको छ ।

केन्द्र स्थापना भएको छ बर्षमा सरकारले दरबन्दी स्वीकृत गरेपछि आयोगले स्थायी पदपूर्तिका लागि प्रक्रिया अघि बढाएको हो ।

आज प्रकाशित सूचना अनुसार दरखास्त दिने म्याद अगामी ३ जेठसम्मका लागि मात्रै छ । दोब्बर दस्तुर तिरेर जेठ १० सम्म दरखास्त हाल्न सकिने बताइएको छ ।

विस्तृत जानकारीका लागि यो सूचना हेर्नुहोला

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

3 thoughts on “९६ जना स्टाफ नर्स, १० जना एमबीबीएस डाक्टर सहित १७० जनाका लागि स्थायी हुने अवसर

  1. काम गरेको पैसा नदिएको भनेर चलिरहेको आन्दोलन चाहिँ के भयो कुन्नी ? ………

Leave a Reply

Your email address will not be published. Required fields are marked *