९६ जना स्टाफ नर्स, १० जना एमबीबीएस डाक्टर सहित १७० जनाका लागि स्थायी हुने अवसर
काठमाडौँ, १३ बैशाख । लोकसेवा आयोगले भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका लागि ९६ जना स्टाफ नर्स, १० जना एमबीबीएस डाक्टर सहित विभिन्न १७० पदमा स्थायी पदपूर्ति गर्न दरखास्त आवहान गरेको छ ।
केन्द्र स्थापना भएको छ बर्षमा सरकारले दरबन्दी स्वीकृत गरेपछि आयोगले स्थायी पदपूर्तिका लागि प्रक्रिया अघि बढाएको हो ।
आज प्रकाशित सूचना अनुसार दरखास्त दिने म्याद अगामी ३ जेठसम्मका लागि मात्रै छ । दोब्बर दस्तुर तिरेर जेठ १० सम्म दरखास्त हाल्न सकिने बताइएको छ ।
विस्तृत जानकारीका लागि यो सूचना हेर्नुहोला


नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




काम गरेको पैसा नदिएको भनेर चलिरहेको आन्दोलन चाहिँ के भयो कुन्नी ? ………
Please send phone nbr?