९ वटा सरकारी निकायमा नेतृत्व गर्ने अवसर

काठमाडौँ, २० जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्, अस्पताल र बोर्ड गरी ९ वटा सरकारी निकायमा खुल्ला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ती गर्ने प्रक्रिया अघि बढाएको छ ।
बोर्डले बुधबार सूचना सार्वजनिक योग्यता पुगेका व्यक्तिलाई १० दिन भित्र आवेदन दिन भनेको छ ।
कुन कुन निकायका लागि मागिएको छ आवेदन ?
- नेपाल आयुर्वेद चिकित्सा परिषद् – अध्यक्ष, सदस्य र रजिष्ट्रार
- नेपाल स्वास्थ्य अनुसन्धान परिषद् – अध्यक्ष, सदस्य र सदस्य सचिव
- नेपाल नर्सिङ परिषद्अ -ध्यक्ष उपाध्यक्ष सदस्य र रजिष्ट्रार
- नेपाल स्वास्थ्य व्यवसायी परिषद् – अध्यक्ष र रजिष्ट्रार
- नेपाल फार्मेसी परिषद् – अध्यक्ष, सदस्य र रजिष्ट्रार
- नेपाल मेडिकल काउन्सिल – अध्यक्ष, सदस्य र रजिष्ट्रार
- बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल – सदस्य
- शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र – कार्यकारी निर्देशक र सदस्य
- स्वास्थ्य बीमा बोर्ड – अध्यक्ष, सदस्य र कार्यकारी निर्देशक
यी पदहरु गत १९ बैशाखमा जारी अध्यादेशले खाली भएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



