राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदमा आवेदन माग

152
Shares

काठमाडौँ, २५ मंसिर । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदका लागि आवेदन माग गरिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति सिफारिस समितिको सचिवालयले बिहीबार सूचना जारी गर्दै योग्यता पुगेका ईच्छुक व्यक्तिले एक साता भित्र आवेदन दिन भनेको छ ।

सूचनामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७४ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, विभिन्न निकाय तथा पदाधिकारीको बैठक सञ्चालन , काम कर्तव्य र अधिकार तथा पारिश्रमिक र सुविधा सम्वन्धी नियमावली २०७४ बमोजिमका योग्यता पुग्नु पर्ने उल्लेख छ ।

गत २९ असोजमा प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले अचानक पदबाट राजिनामा दिएपछि सो पद रिक्त छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *