कान्ति बाल अस्पतालले माग्यो २४ मेडिकल अधिकृत र १७ स्टाफ नर्स
काठमाडौँ, ४ मंसिर । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा चिकित्सक तथा नर्सहरुको लागि रोगजारीको अवसर खुलेको छ ।
अस्पतालले करार सेवामा पदपूर्ति गर्नका लागि २४ जना मेडिकल अधिकृत (आठौँ तह) र १७ जना स्टाफ नर्स (पाँचौँ तह)का लागि दरखास्त आव्हान गरेको छ ।
यस्तै एक जना बायोमेडिकल इन्जिनियर (आठौँ) तहका लागि पनि दरखास्त आव्हान गरेको जनाएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले आजबाट आगामी १८ मंसिरसम्म दरखास्त हाल्न सक्ने बताइएको छ ।
दरखास्तका लागि अस्पतालको वेवसाइटबाट फारम डाउनलोड गर्न सकिने समेत जनाइएको छ । छनौट विधि लिखित र अन्तर्वार्ता हुने उल्लेख छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



