‘जन्माउनुअघि आफूसंग स्वीकृति नलिएको’ भन्दै बाबुआमालाई मुद्धा हाल्ने तयारी

भारतका एकजना २७ वर्षिया युवाले उनको स्वीकृतिविना उनलाई जन्म दिएकोमा आफ्ना अभिभावहरूलाई मुद्दा हाल्ने योजना बनाएको बताएका छन्।
मुम्बाईका व्यापारी राफेल सामुयलले ‘आजीवन पीडाको सामना गर्नपर्ने हुनाले विश्वमा बालबालिकालाई ल्याउनु’ गलत भएको बीबीसीलाई बताए। राफेल सामुयललाई जन्मनुअघि बच्चाले स्वीकृति दिन मिल्दैन भन्ने थाहा छ तैपनि उनी ‘जन्मनु आफ्नो निर्णय नभएको’ बताउँछन्।
आफ्नो जन्मको निम्ति आफूले नभनेको बताउँदै उनी बाँकी जीवन जीउनका लागि भुक्तानी गरिनु पर्ने तर्क गर्छन्।
माग
यस्तो मागले कुनै पनि परिवारको बीचमा तनाव उत्पन्न गराउन सक्छ। सामुयलले आफ्ना वकिल समेत रहेका आमाबुवासँग एकदम राम्रो सम्बन्ध रहेको र उनीहरूले त्यसलाई ठट्टाको रूपमा लिने गरेको बताए।
एउटा वक्तव्यमा उनकी आमा कविता कर्नाड सामुयलले छोराको पछिल्लो भनाइबारे प्रतिक्रिया दिएकी छन्।
उनले भनेकी छन्, ‘आफ्ना आमाबुवा दुवै वकिलहरू भएको थाहा हुँदाहुँदै आफूहरूलाई अदालत लैजाने मेरो छोराको साहसको म प्रशंसा गर्छु।’
यदि राफेल उनलाई जन्मदिँदा कसरी उनको स्वीकृति लिन सकिन्थ्यो भन्नेबारे व्यवहारिक व्याख्याका साथ आएमा उनले आफ्नो गल्ती स्वीकार गर्ने पनि उल्लेख गरेकी छन्।
एन्टिनाटालिजम सिद्धान्त
सामुयलको विश्वास एउटा जन्मविरोधी सिद्धान्तमा आधारित छ जसले जीवन पूर्ण रूपमा तनावपूर्ण रहेकोले मानिसहरूले तत्काल सन्तान जन्माउने काम रोक्नुपर्ने विश्वास गर्छ।
उनी भन्छन्, ‘मानवताको कुनै मूल्य छैन। थुप्रै मानिसहरू पीडामा छन्। यदि मानवता लोप भएमा पृथ्वी र जनावहरू खुशी हुनेछन्। उनीहरू निश्चित रूपमा राम्रो हुनेछ। र, त्यसपछि कुनै मानव पनि पीडामा हुनेछैनन्। मानव अस्तित्व पूर्णरूपमा बेकार छ।’
उनले एक वर्षअघि निहिलानन्द नामक फेसबुक पेज खोलेका थिए। उक्त पेजमा राखिएको उनको तस्बिरहरूमा लामो नक्कली दाह्री, आँखामा मुखण्डो लगाएको र जन्म विरोधी सन्देशहरू छन्।
सामुयलले आफूमा पाँच वर्षको हुँदा पहिलो पटक जन्म विरोधी सोच आएको सम्झन्छन्।
उनी भन्छन्, ‘म एउटा सामान्य बालक थिए। एक दिन म वाक्क भए र म विद्यालय गइन। तर मेरो आमाबुबाले मलाई विद्यालय जान भने। त्यसैले मैले उनीहरूलाई सोधें,’ तिमीहरूले मलाई किन जन्म दियौ। मेरो बुवासँग त्यसको उत्तर थिएन। यदि उनीसँग त्यसको उत्तर भइदिएको भए सायद म यो विचारबारे सोच्दिन थिएँ।’
विश्वास
सामुयलले मानव जातिविना संसार अझ राम्रो हुने विश्वासका आधारमा मात्र आफ्ना आमाबुवालाई अदालतमा लाने निर्णय गरेको बताए। छ महिनाअघि एक दिन बिहानको नास्ता खाने समयमा उनले आमालाई मुद्दा हाल्ने योजना बनाएको बताएका थिए।
सामुयल अहिले उनको मामिला हेर्ने एउटा वकिलको खोजीमा रहेका छन्। तर उनले त्यो मुद्दा जित्ने कम सम्भावना छ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



