भारतमा आधा अर्ब जनसंख्यालाई स्वास्थ्य सेवा कार्यक्रम

36
Shares

नयाँ दिल्ली, १८ माघ । भारतमा करिब आधा अर्ब जनसंख्यालाई स्वास्थ्य सेवा आयोजनाअन्तर्गत रकम प्रदान गरिने भएको छ ।

भारत सरकारको यस वर्षको बजेटमा यस्तो आयोजना राखिएको खुलासा भारतीय अर्थमन्त्री अरुण जेट्लीले गरे ।

उनले यहाँका गरिब नागरिकलाई लक्ष्य गरेर यस्तो आयोजना ल्याउन लागिएको जानकारी नयाँ दिल्लीमा बिहीबार आयोजित एक कार्यक्रममा दिए।

सरकारले ल्याउन लागेको सो स्वास्थ्य सेवा कार्यक्रममार्फत करिब पचास करोड गरिब नागरिकलाई हरेक वर्ष ५० हजार भारतीय रुपैयाँ प्रदान गरिने छ ।

सो कार्यक्रमअनुसार ती नागरिकले प्रत्येक वर्ष स्वास्थ्य उपचार शीर्षकमा एक जनाले ५० हजार भारतीय रुपैयाँ प्राप्त गर्नेछन् ।

यो कार्यक्रम भारतमा आगामी आमनिर्वाचनमा मतदाता प्रभावित पार्नका लागि ल्याइएको विश्लेषण गरिएको छ ।

यो बजेट भारतमा हुन लागेको आगामी आमनिर्वाचनअघिको अन्तिम बजेट हो । त्यसैले पनि यसलाई निर्वाचनमा आफ्ना मतदाता प्रभावित पार्ने कार्यक्रमका रुपमा हेरिएको छ ।

यसअघि सो कार्यक्रम अन्तर्गत भारतीय गरिब नागरिकलाई वर्षमा ३० हजार रुैपैयाँ दिने गरिएको थियो । सोही रकमलाई बढाएर यस बजेटदेखि ५० हजार पु¥याइएको हो । रासस/एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *