‘प्रधानमन्त्री जन औषधी योजना’ सहज जीवनयापनका लागि उपलब्धिमुलक : मोदी

नयाँ दिल्ली, १५ माघ । ‘प्रधानमन्त्री जन औषधी योजना’ ले स्वास्थ्य सेवालाई सवै नागरिकले बहन गर्न सम्भव बनाएको र यो ‘सहज जीवनयापन’को एक आधार बनेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार बताएका छन् ।

‘मन कि बात’ रेडियो कार्यक्रमको ४० औँ श्रृङ्खलामा बोल्दै प्रधानमन्त्री मोदीले भने, “ प्रधानमन्त्री जन औषधी योजना अन्तर्गत औषधीलाई भारतमा प्रचलनमा रहेका ‘ब्रान्डेड’ औषधीमा ४० देखि ९० प्रतिशतसम्म सस्तो बनाउन सकिएको छ ।”

योजना अन्तर्गत भारतभर तीन हजार जन औषधी केन्द्र रहेका र यसबाट औषधीलाई ५० देखि ९० प्रतिशत सस्तोमा नागरिकसम्म पु¥याउन सकिएको उनले बताए । “यसले स्वास्थ्य उपचारलाई सहज बनाएको र नागरिकहरू यसबाट उत्साहित बनेका छन्,” भारतीय प्रधानमन्त्री मोदीले भने ।

मिसोरबाट दर्शन नामका एक नागरिकले आफ्ना बाबुको उपचारका क्रममा धेरै खर्चिलो हुने गरेकोमा योजना ल्याइएपछि महिनाको ७५ प्रतिशतभन्दा बढी बचत भएको जसका कारण उपचार खर्च मासिक मात्रै छ हजारमा झरेको आफूलाई लेखेको भारतीय प्रधानमन्त्री मोदीले बताए । यद्यपि दर्शनलाई पहिले योजनाबारे थाहा नभएकोले धेरै खर्चिनुपरेकोमा पश्चाताप भएको प्रधानमन्त्रीलाई लेखेको उनले बताए ।

भारतीय प्रधानमन्त्रीले उक्त सन्देश कार्यक्रममा राख्दा गर्दा धेरैलाई योजनाका बारेमा थाहा हुने भएको भन्दै यसलाई मन कि बातमा राखेको बताए । योजना गरिब जनसमुदायलाई लक्षित गरि ल्याइएको बताउँदै मोदीले भने यसबाट स्वस्थ्य तथा समृद्ध भारतको परिकल्पना सम्भव देखेको बताए । रासस÷एएनआई

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *