सुत्केरी हुन आउने गर्भवतीलाई यसरी नचाउँछन् यी डाक्टर (भिडियो सहित)

हामीकहाँ सामान्य त सुत्केरी हुने बेला नजिकिएपछि वा सुत्केरी ब्यथा लागेपछि महिलालाई अस्पताल पुरयाइन्छ । अस्पताल पुरयाइएका ती महिलाहरुलाई चिकित्सकले सहज सुत्केरी गराउन अनेक उपायहरु अबलम्बन गर्छन । यद्धपी सुत्केरी ब्यथाको पीडाको अनुभव भने प्राय सबै गर्भवती महिलालाई उस्तै किसिमको हुन्छ ।

तर एक ब्राजिलियन चिकित्सकले भने आफूकहाँ सुत्केरी हुने अवस्थाका गर्भवती महिलाहरुलाई भने मज्जाले नचाउँने गर्दछन् । उनी गर्भवती महिलालाई मात्रै नचाउँदैनन् आफू पनि संगै नाच्ने गर्दछन् ।

‘डान्सिङ डाक्टर’को नामले चिनिने डा फर्नान्डो गुइड्स दा उनै डाक्टर हुन जसले सुत्केरी हुने अवस्थाका महिलालाई नचाउँदै , आफू पनि नाच्दै गरेको भिडियो सामाजिक सञ्जाल इन्स्टाग्राममा पोष्ट गरेका छन् । १५ डिसेम्बरमा पोष्ट गरिएको सो भिडियोमा बच्चा जन्मनु अघि एक महिलाले डाक्टरसंग नाचेको देखिएको थियो ।

त्यसो त विभिन्न समयमा गरिएका अध्ययन्ले पनि बच्चा जन्मने समयमा गर्भवती महिलाहरु नाच्दा बच्चा जन्माउन सहज हुने देखाएको थियो । खासगरी लेबर पेन ८ घण्टाको रहने गर्दछ । तर अध्ययन अनुसार नाच्दा लेबर छोटो र कम पिडाजनक हुने बताइएको छ ।

सन् १९९८ मा ‘द न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिन’मा प्रकाशित अध्ययन अनुसार हिड्ने र चल्ने महिलाहरुमा छोटो समयको लेबर भएको पाइएको थियो ।

त्यसैगरी सन् २००३ मा गरिएको अध्ययन्मा लामो समय सुतिरहने महिलामा लेबर लामो र पिडाजनक हुने देखिएको थियो । त्यसैले पनि लेबरको समएमा नाच्नु फाइदाजनक मानिएको छ ।

हेरौँ भिडियो

– एजेन्सीको सहयोगमा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *