भारतमा ट्रकोमा रोगको निःशुल्क उपचार हुने

नयाँदिल्ली, २३ मंसिर । भारतमा बालबालिकामा आँखामा हुने ‘ट्रकोमा’ रोगको निःशुल्क उपचार गर्ने घोषणा गरिएको छ ।

भारतका स्वास्थ्य मन्त्री जगत प्रकाश नाडाले ट्रकोमा सम्वन्धी राष्ट्रिय सर्वेक्षण सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्। उनले शुक्रबार नयाँदिल्लीमा बोल्दै ट्रकोमाको क्षेत्रमा ऐतिहासिक उपलब्धी भएको पनि बताए ।

स्वास्थ्य मन्त्री नाडाले सवै जिल्लामा ट्रकोमाको रोगबाट प्रभावितहरुको संख्यामा उल्लेख्य सुधार आएको पनि बताए ।

“विश्व स्वास्थ्य संगठनको परिभाषा अनुसार अहिले भारतमा ट्रकोमाको क्षेत्रमा धेरै सुधार भएको छ, निकै कम मात्रै ट्रकोमाका विरामीहरु देखिन थालेका छन्,” उनले भने ।

उनले ट्रकोमा रोगबाट प्रभावित हुनेहरुको संख्या अझै कम गर्न आखाँमा राख्ने औषधीको उपलब्धता, व्यक्तिगत सरसफाई, सफा पानीको प्रयोग र वातावरणीय सरसफाईमा सुधार लगायत तर्फ बढी ध्यान दिनु पर्ने बताए ।

झण्डै नौ बर्ष सम्मका बालबालिकामा ट्रकोमा रोगको समस्या प्राय देखिने गरेको पाईन्छ । रासस/सिन्हा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *