शरीरका अति सूक्ष्म र जमेका जीवाणु पत्ता लगाउने तीन बैज्ञानिक नोबेल पुरस्कारबाट सम्मानित

स्विडेन, १९ असोज । यस बर्षको रसायन शास्त्र बिधातर्फको नोबेल पुरस्कारबाट तीन जना बैज्ञानिक सम्मानित भएका छन् ।

रसायन शास्त्र बिधामा निरन्तर अनुसन्धान र नवीन आबिष्कारमा समर्पित तीन जना बैज्ञानिकहरु – जाकेस डुबोसेट, जोएसिम फ्र्याङ्क र रिचार्ड हेन्डर्सनलाई संयुक्त रुपमा नोबेल केमिस्ट्रि प्राइजबाट पुरस्कृत गरिएको हो ।

यस पुरस्कारको धनराशी ९० लाख स्विडिस क्रोनार (करिब ११ लाख अमेरिकी डलर) बराबर रहेको जनाइएको छ ।

शरीरका अति सूक्ष्म र जमेका जीवाणु पत्ता लगाउने तथा तिनीहरुका गतिबिधि अवलोकन गर्ने (इमेजिङ्ग टाइनि एण्ड फ्रोजन मोलिक्युल्स) अत्याधुनिक प्रबिधियुक्त नवीनतम बैज्ञानिक उपकरणः क्रायो–इलेक्ट्रोन माइस्क्रोस्कोपिको आविष्कार र निर्माण गरे बापत उनीहरुलाई ‘नोबेल केमिस्ट्रि प्राइज’ प्रदान गरिएको हो ।

क्रायो–इलेक्ट्रोन माइस्क्रोस्कोपि विधिलाई अति सरल र उच्च प्रभावकारी प्रविधि ठह¥याउँदै नोबेल केमिस्ट्रि कमिटीले (कूल मेथड)भन्ने संज्ञा दिएको छ ।

यस नवीनतम प्रविधिको प्रयोगबाट अबदेखि विद्युतीय प्रकाश (इलेक्ट्रोन बिम) को सहायताले शरीरमा अति सूक्ष्म र जमेका जीवाणु बसेका कोशिकाको फोटो खिँच्न अनुसन्धानकर्ताहरुलाई सहज हुने पनि नोबेल केमिस्ट्रि कमिटीले जनाएको छ ।

यस प्रविधिले शरीरको कोशिकामा रहेका हानिकारक भाइरस, प्रोटिन लगायत अति सूक्ष्म जिवाणु र तत्वहरुको विस्तृत नालीबेली ज्ञात गराउन सहयोग पुग्नेछ । साथै, यसै प्रविधिले अब ूजिका भाइरसू बाट उत्पन्न कठिन रोगहरुको औषधी, उपचार, नियन्त्रण तथा रोकथाम गर्ने विश्वास नोबेल केमिस्ट्रि कमिटीले जनाएको छ । रासस÷एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *