‘जागा’ आए होसमा ‘कालिया’ अझै बेहोसमै

148
Shares

बीबीसी /भारत, १३ कात्तिक ।  भारतमा टाउको जोडिएर जन्मिएका नाबालकको टाउको छुटाउन भएको शल्यक्रियाको चौथो दिन एक बालकले आँखा खोलेको उपचारमा संलग्न डाक्टरले बताएका छन्।

प्राध्यापक दिपक गुप्ताले बीबीसीसँग कुरा गर्दै जागा नाम गरेका बालकले आँखा खोलेको र सामान्य खालका प्रतिक्रियाहरु जनाएको बताएका हुन् । जागा अहिले भेन्टिलेटरमा छन् र मृगौलामा समस्या देखिएकाले उनलाई दैनिक डायलाइसिस गर्नुपर्नेछ।

‘कालिया’ अझै बेहोसमै

जागाका जुम्ल्याहा कालिया भने अझै होसमा आएका छैनन्। उनीहरुको शल्यक्रिया गत साता दिल्लीस्थित सरकारी अस्पतालमा भएको थियो।

दुई वर्षीया यी बालकहरुको टाउको छुटाउनका लागि डाक्टरहरुलाई १६ घण्टाभन्दा बढी समय लागेको थियो। भारतमै पहिलोपटक भएको भनिएको यस किसिमको शल्यक्रिया ३० सदस्यीय डाक्टरहरुको समूहले गरेको थियो।डाक्टरहरुले बालकहरुमा देखिएको प्रगतिले आफूहरु निकै प्रसन्न भएको बताएका छन्।

पूर्वी भारतीय राज्य उडिसाको एउटा गाउँका यी जुम्ल्याहा जन्मिँदा उनीहरुको रक्तनली र मस्तिष्कका तन्तुहरु जोडिएका थिए। क्रेनियोपिगस नामक अवस्थाका यी बालकमा देखिएको यस्तो किसिमको अवस्था प्रत्येक ३० लाखमध्ये एकमा देखापर्छ। जसमध्ये ५० प्रतिशत शिशुहरु जन्मिएको २४ घण्टामा मृत्यु हुने गरेको डाक्टरहरुले बताएका छन्।

यी जुम्ल्याहाको पहिलो शल्यक्रिया अगष्ट २८ तारिखका दिन भएको थियो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *