स्वास्थ्यमन्त्री गिरी स्वीटजरल्याण्ड प्रस्थान

काठमाडौँ, १० फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान गरेका छन् ।

बिरामीको सुरक्षा सम्बन्धी पाँचौं अन्तर्राष्ट्रिय कार्यशालामा सहभागी हुन मन्त्री गिरी नेतृत्वको टोली गएराति स्वीटजरल्याण्ड प्रस्थान गरेको हो ।

कार्यशाला स्वीटजरल्याण्डको मोन्ट्रक्समा २३ र २४ फेब्रुअरी (११ र १२ फागुन) मा हुँदैछ ।

भ्रमण टोलीमा स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसा पौडेल र मन्त्री गिरीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरी छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *