चौबिस घण्टामा थपिए ६ जना कोरोना संक्रमित
काठमाडौँ, ५ फागुन । पछिल्लो चौबिस घण्टामा देशभर थप जम्मा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा संक्रमणमुक्त हुनेको संख्या शून्य रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप १ हजार ३ सय जनाको नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, देशभर १५ जना सक्रिय संक्रमित रहेका छन् ।