सांसद भण्डारीको भारतमा उपचार हुँदै,, आज दुई शल्यक्रिया हुने

 

काठमाडौँ, ५ फागुन । ग्यास विस्फोटमा परी गम्भीर घाइते भएका सांसद डा चन्द्र भण्डारीको भारतमा उपचार सुरु भएको छ ।

बुधबार राति आगलागीबाट घाइते भएका सांसद भण्डारीलाई बिहीबार भारतको मुम्बईस्थित नेशनल बर्न्स सेन्टर लगिएको थियो। उनको आज बिहान १० बजे र २ बजे मुम्बईस्थित नेशनल बर्न्स सेन्टर अस्पतालमा २ वटा शल्यक्रिया गरिने बताइएको छ ।

मुम्बईस्थित नेपाली अगुवा व्यक्तित्व शालिग्राम तिवारीका अनुसार वरिष्ठ चिकित्सकहरूको टिमले चन्द्र भण्डारीको स्वास्थ्य उपचार सुरु गरेको जानकारी दिएका छन् । अहिले भण्डारीको अवस्था स्थिर रहेको चिकित्सकले बताएका छन् ।

बुधबार राती ग्याँस सिलिन्डर लिक भए पछि निभाउन जाँदा एक्कासि लागेको आगोमा परी सांसद भण्डारी र उनको आमा गम्भीर घाइते भएका थिए ।

सिभिल अस्पताल हुँदै कीर्तिपुरस्थित अस्पतालमा पुर्याईएका सांसद भण्डारीको नेपालमा उपचार सम्भव नहुने भनिए पछि श्री एयरलायन्सको चार्टड फ्लाइटबाट थप उपचारका लागि हिजो मुम्बई लगिएको थियो । सांंसद भण्डारीसंग जलनमा परेकी उनकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने आज विहान उपचारकै क्रममा निधन भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *