नर्भिकमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा

काठमाडौँ, १८ पुस । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा पनि मिर्गौैला प्रत्यारोपण सेवा सुरु भएको छ । तीन महिना अघि प्रत्यारोपण अनुमति पाएको नर्भिकले सोमबार पत्रकार सम्मेलन गरी दुई जनाको मिर्गौला प्रत्यारोपण गरेको जानकारी दिएको छ ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार मिर्गौला फेल भइ उपचार गराईरहेका ६६ वर्षीय पुरुषलाई उनको ५५ बर्षीया श्रीमतीले मिर्गौला दान दिएकी हुन् ।

यस्तै अर्का ५४ वर्षीय पुरुषलाई ३० वर्षीया छोरीले मिर्गौला दिएकी हुन् ।

उनले चिकित्सकद्वय डा. राकेश बर्मा र डा. आरके अग्रवाल नेतृत्वको टिमले मिर्गौला प्रत्यारोपण सेवा दिएको बताए ।

प्रत्यारोपण गरिएका र मिर्गौैला दान दिनेहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मिश्रले बताए ।

नर्भिकमा प्रत्यारोपण सेवा प्रारम्भ भएसंंगै मिर्गौला प्रत्यारोपण गर्ने अस्पतालहरुको संख्या ११ पुगेको छ । त्यसमा चार वटा सरकारी रहेका छन् ।

नेपालमा ६४ चिकित्सकले पाएका छन् मिर्गौला प्रत्यारोपणको लाइसेन्स

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *