स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षामा ६२ प्रतिशत उत्तीर्ण

काठमाडौँ, ५ असोज । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले गत १ असोज देखि आजसम्म सञ्चालन गरेकोे चौथो लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ । परीक्षामा ६२ प्रतिशत उत्तीर्ण भएका छन् ।

परिषद्का रजिष्ट्रार पुष्पराज खनालका अनुसार परीक्षामा ४ हजार ९३२ जनाले आवेदन दिए पनि ४ हजार ७६५ जना मात्रै सहभागी भएका थिए । त्यसमध्ये २ हजार ९४५ जना (६१.८ प्रतिशत) उत्तीर्ण भएका हुन् ।

परिषद्ले विशिष्ठ तहमा १३२ जनाले परीक्षा दिएकोमा ५८ जना (४३.९ प्रतिशत), प्रथम तहमा ८७६ जनामध्ये ३४० (३८.८ प्रतिशत) र द्धितीय तहमा ३ हजार ७५७ जनामध्ये २ हजार ५४७ जना(६७.८ प्रतिशत) उत्तीर्ण भएको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *