स्वास्थ्य बीमा बोर्डद्धारा ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

1.4k
Shares

काठमाडौं, २९ साउन । बीमितको उपचार गरेवापत स्वास्थ्य बीमा बोर्डले ३७६ वटा सूचीकृत अस्पतालहरुलाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा सोधभर्ना गरेको छ । बोर्डको २८ साउनको निर्णय अनुसार चालु आर्थिक वर्षकै बजेटबाट यो रकम सोधभर्ना गरिएको हो ।

बोर्डले यो रकमबाट अस्पतालहरुले दावी गरेको रकममधये २०८२ माघ र फागुन महिनासम्मको सोधभर्ना भएको जनाएको छ ।

भुक्तानी पाउनेमा सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र,नगर अस्पताल,आँखा अस्पताल तथा निजी तथा शिक्षण अस्पतालसमेत छन्।

भुक्तानी विवरणमा ठूला अस्पतालसँगै दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र,आधारभूत अस्पताल र जिल्ला अस्पतालहरू लगायत सबै सेवा प्रदायक समेटिएका छन्।

स्वास्थ्य बीमाअन्तर्गत सेवा प्रदान गरेका स्वास्थ्य संस्थाले गरेको दाबी हरुको रुजु तथा मुल्यांकनका गरी स्वीकृत विवरणका आधारमा रकम भुक्तानी गरिएको हो।

सरकारले चालु आर्थिक वर्षका लागि स्वास्थ्य बीमा बोर्डका लागि १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कुन अस्पतालले कति रकम बुझे यहाँ क्लिक गरी हेर्नुहोस् :

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *