वायु प्रदूषण फैलाएको भन्दै बीएण्डबी हस्पिटलमाथि ललितपुर महानगरको कार्वाही, हस्पिटलले ति र्यो ५० हजार जरिमाना

ललितपुर, २९ साउन । ललितपुर महानगरपालिकाले ग्वार्कोस्थित बीएण्डबी हस्पिटललाई ५० हजार रुपैयाँ जरिमाना तिराएको छ । वायु प्रदूषण गरी स्थानीय व्यक्तिको स्वास्थ्यमा असर पारेको भन्दै ललितपुर महानगर प्रहरी बलले हस्पिटललाई जरिमाना तिराएको हो ।
स्थानीयले अस्पतालको चिम्नीबाट निस्किएको कालो धुवाले जनस्वास्थ्यमा प्रत्यक्ष असर पारेको भन्दै भिडियो सार्वजनिक गरेका थिए । त्यस लगत्तै महानगरको बातावरण विभागले हस्पिटल माथि कार्वाही प्रक्रिया अघि बढाएको हो । महानगरको प्रहरी बलले टोलीले हस्पिटल पुगेर जरिवानाको रसिद थमाएका थियो ।
बीएण्डबी हस्पिटलमा रहेको आईभीएफ सेन्टरमा नावालिगालाई प्रभावित पार्दै डिम्ब झिकेको आरोप लागेको छ । नावालिगाको उजुरी पछि त्यहाँकी डाक्टर नुतन शर्मामाथि नेपाल प्रहरी र नेपाल मेडिकल काउन्सिलले छानविन गरिरहेको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




