स्वास्थ्यमा सरुवाः विभागको परिवार कल्याण र एचईओसीको नेतृत्व परिवर्तन

2.1k
Shares

काठमाडौँ, २९ साउन ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका केही कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ।

स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको प्रमुख रहेका डा मदन कुमार उपाध्यायलाई वीर अस्पताल पठाएकी छन् ।

उनको ठाउँमा डा ओम अर्याललाई जिम्मेवारी दिइएको छ । डा. अर्याल भरतपुर अस्पतालमा कार्यरत थिए।

यस्तै, मन्त्रालयले स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) प्रमुखमा डा. हेमन्त ओझालाई ल्याएको छ। डा. ओझा स्वास्थ्य सेवा विभागअन्तर्गतको उपचारात्मक महाशाखामा कार्यरत थिए।

यस्तै नुजन शर्मालाई मन्त्रालयमै पोष्टिङ गरिएको छ ।

मन्त्रालयका सहसचिव दिवस आचार्यले एघारौँ तहको दुई जना बाहेक मन्त्रालयकै आठौँ नवौँ तहका अरु केही कर्मचारीहरुको जिम्मेवारी हेरफेर तथा पोष्टिङ मिलाइएको जानकारी दिए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *