डेंगु संक्रमितलाई लक्षित गर्दै काठमाडौँ महानगरले सुरु गर्‍यो हटलाइन परामर्श सेवा

अस्पताल जानु परेमा महानगरको नि:शुल्क एम्बुलेन्स

काठमाडौँ, ३१ भदौ । काठमाडौँ महानगरपालिकाले डेंगु संक्रमितहरुका लागि चौविस घण्टे निशुल्क हटलाइन सेवा सुरु गरेको छ । अब जो सुकैले आफूलाई डेंगु संक्रमित भएको वा भएको शंका लागेको खण्डमा ११८० मा निशुल्क कल गरेर स्वास्थयकर्मीहरुबाट परामर्श लिन सक्नेछन् ।

यसअघि कोभिड -१९को महामारीका बेला स्वास्थ्य परामर्श दिनका स्वास्थ्य मन्त्रालयले यस्तै खालको हटलाइन सेवा सुरु गरेको थियो । सो सेवा अहिले पनि कोभिड -१९ युनिफाइड केन्द्रीय अस्पतालबाट जारी रहेको छ ।

यस्तै महानगरले डेंगु संक्रमणमा परि अस्पतालमा जानु परेमा नेपाल एम्बुलेन्स सर्भिसेजको १०२ नम्बरमा सम्पर्क गरी निशुल्क एम्बुलेन्स सेवा लिन समेत सक्ने जनाएको छ ।

महानगरका मेयर बालेन्द्र शाहले विहीबार नै सामाजिक सञ्जाल मार्फत हटलाइन सेवा र निशुल्क एम्बुलेन्स सेवा सुरु भएको जानकारी गराएका थिए । उनले डेंगु संक्रमण रोक्नका लागि नयाँ नयाँ कार्यक्रम स्रोत तथा जनशक्तिको अधिकतम प्रयास गरेको जानकारी दिएका छन् ।

उनले यसको रोकथाम तथा नियन्त्रणका लागि अत्यधिक सचेतना र क्रियाशिलताको आवश्यकता भएको भन्दै सामुदायिक रुपमा नै संक्रिय भएर यसमा खटिनका लागि समुदायसंग समेत अपिल गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *