एमालेले भन्यो, ‘वर्तमान सरकार स्वास्थ्यमा पूर्ण रुपमा असफल’

सरकारको कामको आलोचना गर्दै जारी गर्‍यो २६ बुँदे रिपोर्ट कार्ड

काठमाडौँ, ३१ असार ।  नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको बर्तमान सरकार स्वास्थ्यमा पूर्ण रुपमा असफल भएको आरोप लगाएको छ । एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त कुरा बताएको हो।

देउवा नेतृत्वको गठबन्धन सरकार बनेको गत २९ असारमा एक बर्ष पुगेको थियो ।

शुक्रबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले सचिव तथा स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले गर्नुपर्ने महत्वपूर्ण कामहरुमा बर्तमान सरकार चुकेको बताए ।

‘प्रतिपक्ष दलको नाताले सरकारका गतिविधिलाई नजिकबाट अध्ययन गरेका छौँ । एक वर्षको गतिविधिलाई हेर्दा यो सरकार पूर्ण रुपमा चुकेको छ । रिपोर्ट कार्ड हेरेर भन्ने हो भने यो सरकार लद्धु देखिएको छ,’ उनले भने ।

भट्टराईले संविधानमा उल्लेख गरिएको स्वास्थ्य र शिक्षा जस्तो मौलिक हकको कार्यान्वयन गरी समाजवादको आधार तय गर्ने सवालमा त सरकारले छेउ टुप्पो नै फेला पार्न नसकेको आरोप लगाए ।

उनले सुरुवाती चरणमै आफूहरुले स्वास्थ्यका विषयमा गर्नै पर्ने महत्वपूर्ण काम तथा सुझावहरु प्रधानमन्त्री स्वयंलाई भेटेर दिएको भन्दै सो सुझावको कार्यान्वयन हुन नसकेको बताए ।

विभाग प्रमुख भट्टराईले बर्तमान सरकारले गरेका कामका आधारमा २६ बुँदे रिपोर्ट कार्ड तयार पारिएको भन्दै सो पढेर समेत सुनाएका थिए ।

यस्ता छन् एमाले स्वास्थ्य विभागले गरेको सरकारको मूल्याकंनको २६ बुँदा

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *