स्वास्थ्यका प्रशासन तर्फका उच्च अधिकारीको जिम्मेवारी हेरफेर :

एकिकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाको प्रमुखमा पाण्डेय, अरु को कहाँ ?

0
Shares

काठमाडौँ, ३० साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफूकहाँ रहेका र स्वास्थ्य सेवा विभागमा रहेका प्रशासन समूहका उपसचिव तथा शाखा अधिकृतहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

मन्त्रालयले स्वास्थ्यको अति नै महत्वपूर्ण मानिने एकिकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखा (आईएचआईएमएस)को प्रमुखमा उपसचिव झबिन्द्रप्रसाद पाण्डेलाई जिम्मेवारी दिएको छ । यसअघि त्यहाँ रहेका ऋतुप्रसाद पन्तलाई राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा पठाएको छ ।

यस्तै स्वास्थ्य सेवा विभागको उपसचिवको जिम्मेवारी स्वास्थ्य मन्त्रालयमा रहेका उपसचिव प्रकाश देवकोटालाई दिइएको छ । त्यहाँ उपसचिव रहेका मोहन कोइरालालाई मन्त्रालय तानिएको छ ।

यस्तै मन्त्रालयकै चन्द्रकला ओलीलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग पठाइएको छ । यस्तै शाखा अधिकृत पिताम्बर रिमाल, कम्प्युटर अधिकृत सुशील नेपाललाई पनि विभाग पठाइएको छ ।

यसअघि स्वास्थ्य मन्त्री निशा मेहताले स्वास्थ्य समूहका एघारौँ तह, दशौँ तह तथा नवौँ तहका केही अधिकारीहरुको सरुवा तथा पदस्थापन गरेकी थिईन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *