काठमाडौँ उपत्यकामा मात्रै थपिए १६४ जना संक्रमित

काठमाडौँ, ३० असार । पछिल्लो चौबिस घण्टामा काठमाडौँ उपत्यकामा १६४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १३७ ललितपुरमा २३ र भक्तपुरमा ४ जना गरी उपत्यकामा मात्रै १६४ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ८३१ रहेको छ । जसमध्ये काठमाडौँमा ७२६, ललितपुरमा ९० र भक्तपुरमा १५ जना रहेका छन् ।

आज देशभर २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधीमा ४८ जना डिस्चार्ज भएका छन्।  ३ हजार ८४४ नमुना परीक्षण गर्दा २६० जना संक्रमण पुष्टि भएको हो । जसमा २ हजार २७ जनाको पीसीआर नमुना परीक्षण गर्दा २१४ र १ हजार ८१७ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ४६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी संस्थागत आइसोलेसनमा भएका संक्रमित मध्ये आइसीयूमा १४ र भेन्टीलेटरमा १ जना संक्रमित उपचाररत छन् । भने मृतकको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *