नवनियुक्त स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङद्धारा पदभार ग्रहण
काठमाडौँ, १३ असार । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले पदभार ग्रहण गरेका छन् ।
विहान ११ बजे राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको सपथग्रहण गरे लगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङ स्वास्थ्य मन्त्री बनेका हुन् भने हिरा केसी पहिलो पटक राज्यमन्त्री बनेका छन् । यसअघि मन्त्रीमा उनकै पार्टीका विरोध खतिवडा स्वास्थ्यमन्त्री थिए। उनलाई फिर्ता बोलाएर खापुङलाई मन्त्रीमा बढुवा गरिएको हो।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]