नयाँ स्वास्थ्य मन्त्री खापुङ ११ बजे सपथपछि मन्त्रालय आउने, बिरोधले पद हस्तान्तरण गर्ने

काठमाडौँ, १३ असार । नयाँ स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले आजबाट स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाल्ने भएका छन् । विहान ११ बजे राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको सपथग्रहण गरे लगत्तै मन्त्रालयमा पुगेर उनले नयाँ जिम्मेवारी सम्हाल्ने भएका हुन् ।

उनीसंगै नयाँ स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी पनि मन्त्रालय गएर पदवहाली गर्ने कार्यक्रम छ ।

मन्त्री खापुङका प्रेस सल्लाहकार मनोज लिम्बुका अनुसार पदवहाली समारोहमा आजबाट जिम्मेवारीमुक्त हुँदै गरेका विरोध खतिवडा पनि आउने छन् । उनले मन्त्री खापुङलाई स्वागत गर्ने, पद हस्तान्तरण गर्ने र आफूले विदाई सम्वोधन गर्नेछन् ।

नेकपा एकीकृत समाजवादीले ८ महिना २१ दिन अघि सरकारमा सहभागी हुन पठाएका चार जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाएर पठाएको छ । त्यसबेला राज्यमन्त्री बनेका खापुङलाई भने फिर्ता नगरी बढुवा गरेको हो ।

गएको २२ जेठमा बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले मन्त्रीहरू हेरफेर गर्ने निर्णय गरेको थियो । त्यसबेला रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको थियो ।

त्यसबेला स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री खापुङलाई मन्त्री, जीवनराम श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरीलाई शहरी विकास मन्त्री, शेरबहादुर कुँवरलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *