स्वास्थ्य मन्त्री बने भवानीप्रसाद खापुङ, राज्यमन्त्रीमा हिराचन्द्र केसी

काठमाडौँ, १२ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानीप्रसाद खापुङ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य मन्त्रीमा खापुङलाई नियुक्त गरेकी हुन् ।

यस्तै स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त भएका छन्। राष्ट्रपति कार्यालय केही वेर अघि मन्त्रिपरिषदका सदस्यहरुको नयाँ सूची सार्वजनिक गर्ने क्रममा स्वास्थ्य मन्त्री र राज्यमन्त्री फेरिएका हुन् ।

स्वास्थ्यमन्त्रीमा नियुक्त भएका खापुङ यसअघि स्वास्थ्य राज्यमन्त्री थिए। उनलाई उनको पार्टी नेकपा एकीकृत समाजवादीले मन्त्रीमा बढुवा गरेको हो।

यसअघि मन्त्रीमा उनकै पार्टीका विरोध खतिवडा मन्त्री थिए। उनलाई फिर्ता बोलाएर खापुङलाई मन्त्रीमा बढुवा गरिएको हो।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीको सपथ भोलि हुने बताइएको छ।

नयाँ मन्त्रीमण्डल

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *