स्थगित गरेको भेरोसेल पुन: सुचारु गर्दै काठमाडौँ महानगर, सोमबार र मंगलबार ४ अस्पतालमा दिईदै

काठमाडौँ, २९ जेठ । काठमाडौँ महानगरपालिकाले २७ जेठ देखि स्थगित गरेको कोभिडबिरुद्धको खोप ‘भेरोसेल’को पहिलो डोज लगाउने कार्यक्रमलाई पुन: सञ्चालन गर्ने भएको छ ।

महानगरपालिकाले आगामी ३१ जेठ (सोमबार) र १ असार (मंगलबार) खोप सञ्चालन गर्ने भएको हो । महानगरपालिकाका शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुवरले यसअघि ६० र ६१ बर्ष उमेर समूहकाले खोप लगाउने पालो नपाएको भन्दै दुई दिन खोप कार्यक्रम सञ्चालन गर्न लागेको बताए ।

उनले वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल र निजामती कर्मचारी अस्पतालमा खोप कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।

यसअघि महानगरपालिकाले निर्धारित तालिका भन्दा दुई दिन अगावै खोप कार्यक्रम स्थगित गरेको थियो । ६४, ६३ र ६२ बर्ष उमेरकाले त्यस अवधीमा लगाउन पाए पनि ६१ र ६० बर्ष उमेरका व्यक्ति सो अवसरबाट बन्चित भएका थिए ।

स्वास्थ्य प्रमुख कुवरले खोप कार्यक्रम विहान १० देखि ४ बजेसम्म जारी रहने । खोप लगाउन नागरिकता वा अन्य सरकारी परिचयपत्र लिएर जान समेत बताए ।

महानगरपालिकामा खोप कार्यक्रम स्थगित हुनु अघिसम्म करीव २९ हजार जनाले खोप लगाएका थिए । स्वास्थ्य कार्यालय काठमाडौँले महानगरलाई ३३ हजार डोज खोप उपलव्ध गराएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *