छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठान र १९ वटा संघीय अस्पतालका पदाधिकारीसंग कार्यसम्पादन सम्झौँता

0
Shares

काठमाडौं, १२ कात्तिक । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुसंग आर्थिक वर्ष २०८३/०८४ का लागि कार्य सम्पादन सम्झौँता गरेका छन् ।

बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा मन्त्री मेहताले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता गरेकी हुन् ।

उक्त सम्झौँतामा अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा दिने विषयहरु उल्लेख छन् ।

सो क्रममा मन्त्री मेहताले उपकुलपतिहरुलाई आफ्ना अस्पतालमा आएका बिरामीले सहज, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्ने व्यवस्था मिलाउन निर्देशन दिईन् ।

उनले अस्पतालको सरसफाइ तथा स्वच्छता कायम गर्ने, बिरामीले आवश्यकताअनुसार समयमै शय्या पाउने व्यवस्था मिलाउने, उपचारका लागि लामो समय प्रतीक्षा गर्नुपर्ने अवस्थाको न्यूनीकरण गर्ने तथा स्वास्थ्यकर्मीको सेवाग्राहीप्रतिको व्यवहारलाई थप सेवामैत्री र जिम्मेवार बनाउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताईन् ।

त्यसैगरी, स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, प्रभावकारी सेवा प्रवाह, संस्थागत सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्दै बिरामीले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाई थियो ।

कार्यसम्पादन सम्झौतामार्फत प्रतिष्ठानहरूको जिम्मेवारी र लक्ष्यलाई थप स्पष्ट गर्दै स्वास्थ्य सेवामा सुधार ल्याउने तथा सेवाग्राहीले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको मन्त्री मेहताको सचिवालयले जनाएको छ ।

यसैबीच स्वास्थ्य सचिव डा. विकास देवकोटाले समेत १९ वटा सङ्घीय अस्पतालका प्रमुखसँग आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता गरेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *