औषधी व्यवस्था विभाग र राष्ट्रिय औषधी प्रयोगशालाका गरी दर्जन बढी कर्मचारीको जिम्मेवारी हेरफेर

काठमाडौं, १३ कात्तिक । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र औषधी व्यवस्था विभागले फार्मेसी समूहका दर्जन बढी कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ ।
औषधी व्यवस्था विभाग, राष्ट्रिय औषधी प्रयोगशाला र स्वास्थ्य सेवा विभागमा कार्यरत फार्मेसी उपसमूहका अधिकृत तथा नासु तहका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेको हो ।
विभाग स्रोतका अनुसार औषधी व्यवस्था विभागमा कार्यरत आठौँ तहका राजेश श्रेष्ठलाई विराटनगर पठाइएको छ । यस्तै फार्मेसी अधिकृत निकेश श्रेष्ठ र मुकेन्द्र पञ्जियार (आठौँ तह)लाई राष्ट्रिय औषधी प्रयोगशाला पठाइएको छ । औषधी व्यवस्था विभागमा स्वास्थ्य सेवा विभागबाट सञ्जीव कट्टेललाई ल्याइएको छ । उनको ठाउँमा राष्ट्रिय औषधी प्रयोगशालाबाट बर्षा शाक्यलाई पठाइएको छ ।
यस्तै सातौँ तहका केसु गिरी र अच्युत रेग्मीलाई औषधी व्यवस्था विभागबाट राष्ट्रिय औषधी प्रयोगशाला पठाइएको छ । उता प्रयोगशालामा रहेका निशा श्रेष्ठ, अरविन्द बानिया र सुस्मिता मरासिनीलाई औषधी व्यवस्था विभागमा ल्याइएको छ ।
यस्तै औषधी व्यवस्था विभागमा प्रशासन तर्फका नासु विष्णु रायमाझीको पनि सरुवा भएको छ ।
यसैगरी फार्मेसी सुपरभाइजर पदमा कार्यरत सुष्मा थपलिया, रेणु पौडेल र विकास बाबु श्रेष्ठको औषधी व्यवस्था विभागबाट राष्ट्रिय औषधी प्रयोगशालामा सरुवा भएको छ ।
प्रयोगशालाबाट सिर्जना पोखरेल र प्रविण राजवंशी विभागमा सरुवा भएको छ ।
विभाग तथा प्रयोगशालामा लामो समय काम गरेका कर्मचारीहरुको जिम्मेवारी हेरफेर भएको बताइएको छ । विभागका एक अधिकारीले विभाग र मन्त्रालयको सर सल्लाहमै सरुवा भएको बताउँदै लामो समय एकै ठाउँमा रहेर काम गरेका कर्मचारीहरुलाई यता उता गरिएको हुन सक्ने बताए ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




