स्वास्थ्यको १२ औँ तहमा तीन जना बढुवा

2.6k
Shares

काठमाडौँ, १२ फागुन । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको प्रमुख विशेषज्ञ पद १२औं तहमा तीन जनालाई बढुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले डा दीपेन्द्ररमण सिंह, डा रोशन पोखरेल र महेन्द्रप्रसाद श्रेष्ठलाई १२औं तहमा बढुवा गर्ने निर्णय गरेको हो।

यसअघि लोकसेवा आयोगका अध्यक्षको संयोजकत्वमा गठित बढुवा समितिले पाँच जनाको नाम सिफारिस गरेको थियो । त्यसमा अहिले बढुवा भएका तीन जना बाहेक डा भीमसिंह तिंकरी र डा केदार सेन्चुरी थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “स्वास्थ्यको १२ औँ तहमा तीन जना बढुवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *