भोटेकोशी बाढी पछि केरुङबाट वेपत्ता भएका डा. आचार्यको खोजी गरिदिन परिवारको आग्रह

0
Shares

काठमाडौं, १३ भदौ । गत १० भदौमा आएको विनाशकारी बाढी पछि रसुवास्थित केरुङ नाका वरपर रहेका काठमाडौँका चिकित्सक डा. कुशल आचार्य वेपत्ता भएका छन् ।

कैलाश मानसरोवर यात्रामा निस्किएका काठमाडौँ टोखाका २८ वर्षीय आचार्य रसुवाको केरुङ नाकाबाट बेपत्ता भएका हुन् ।

उनी कैलाश मानसरोवर यात्राका लागि जुटेको टोलीमा मेडिकल अफिसरको रुपमा मिसिएर त्यसतर्फ जाँदै थिए । परिवारका अनुसार उनीसंग भदौ १० गते बिहान ८स्४५ बजेपछि सम्पर्क हुन सकेको छैन।

बेपत्ता डा। आचार्यको खोजी तथा अवस्थाबारे जानकारी लिन सम्बन्धित पक्षले प्रयास गरिरहेको जनाइएको छ।

डा आचार्यको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा ९८६०४७१६०० मा सम्पर्क गरी जानकारी गराइदिन परिवार तथा सम्बन्धित पक्षले सबैमा अनुरोध गरेको छ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *