बाढी पीडितलाई सहयोग गर्न काठमाडौँ आइपुगे बलिउड अभिनेता एवं अभियन्ता सोनू सूद
काठमाडौं, १६ भदौ । बलिउड स्टार एवं सामाजिक अभियन्ता सोनू सूद काठमाडौं आइपुगेका छन् । बाढीपीडितलाई सहयोग गर्न उनी मंगलबार दिउसो काठमाडौं आइपुगेका हुन् ।
भोटेकोशी बाढी तथा डुबानबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले उनी नेपाल आएका हुन । गत १० भदौमा भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पुर्याएको देखेका उनले सोही दिन बेलुका सामाजिक सञ्जालमार्फत् नेपालका बाढी पीडितलाई सम्बोधन गर्दै आफू सहयोग बोकेर आउन लागेको जानकारी दिएका थिए ।
उनले भनेका थिए, ‘नेपाल तिमि एक्लो छैनौँ, गास बासका साथ हामी आउदैछौँ ।’
सोही अनुसार उनी राहत र आफ्नो टिमसहित मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



