अङ्ग प्रत्यारोपण समन्वय समितिको अध्यक्षमा डा. सम्पूर्णमान तुलाधर

128
Shares

काठमाडौं, १८ भदौ । सरकारले अङ्ग प्रत्यारोपण समन्वय समितिको अध्यक्षमा डा सम्पूर्णमान तुलाधरलाई नियुक्त गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले डा. तुलाधरलाई मन्त्रीस्तरीय निर्णय गर्दै डा तुलाधरलाई समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेकी हुन् ।

अध्यक्षमा नियुक्त डा तुलाधर कार्डियो थोरासिक भास्कुलर सर्जन हुन् ।

रिक्त अध्यक्ष पदमा खुल्ला प्रतिस्पर्धाबाट छनौट गर्ने भन्दै सरकारले गत २५ असारमा आवेदन माग गरेको थियो ।

गत ५ भदौमा ७ जना आवेदकलाई अन्तर्वार्तामा बोलाएको थियो । ती मध्येबाट डा तुलाधर अध्यक्षमा छानिएका हुन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *