भोटेकोशी बाढी : त्रिशुली-३ ‘ए’को सुरुङ भित्र फसेका दुई जनाको १० दिन पछि जिवितै उद्दार

0
Shares

काठमाडौँ, १९ भदौ । भोटेकोशी त्रिशुली बाढीमा फसेका त्रिशुली-३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र थुनिएका दुई जनाको जिवित उद्धार गरिएको छ। घटनाको १० दिन पछि सप्तरी तिलाठीका सञ्जय साह र काठमाडौँका कविर महर्जनको जिवितै उद्दार गरिएको हो ।

पहिलो पटक उद्दार भएका साह सप्तरी तिलाठीका साह मेकानिकल फोरम्यान र यस्तै काठमाडौँका महर्जन मेकानिकल सुपरभाइजरको रुपमा कार्यरत छन् ।

उद्धार गरिएका दुबै जनालाई अहिले विदुरस्थित नेपाली सेनाको व्यारेकमा ल्याइएको छ । त्यहाँ नेपाली सेनाको चिकित्सक टोलीले अहिले उनीहरुको प्रारम्भिक स्वास्थ्य जाँच गरिरहेको छ ।

उता उद्दार चलेपछि यता काठमाडौँका अस्पतालहरुलाई अलर्टमा राखिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *