स्वास्थ्यको १२ औँ तहमा तीन जना बढुवा

काठमाडौँ, १२ फागुन । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको प्रमुख विशेषज्ञ पद १२औं तहमा तीन जनालाई बढुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले डा दीपेन्द्ररमण सिंह, डा रोशन पोखरेल र महेन्द्रप्रसाद श्रेष्ठलाई १२औं तहमा बढुवा गर्ने निर्णय गरेको हो।

यसअघि लोकसेवा आयोगका अध्यक्षको संयोजकत्वमा गठित बढुवा समितिले पाँच जनाको नाम सिफारिस गरेको थियो । त्यसमा अहिले बढुवा भएका तीन जना बाहेक डा भीमसिंह तिंकरी र डा केदार सेन्चुरी थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “स्वास्थ्यको १२ औँ तहमा तीन जना बढुवा

Leave a Reply to manish Kumar Chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *