कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेज एण्ड डेन्टल हस्पिटल पोखराद्धारा प्रधानमन्त्री राहत कोषमा १ लाख २० हजार सहयोग

0
Shares

पोखरा १९ भदौ ।  कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेज एण्ड कान्तिपुर डेन्टल हस्पिटल पोखराले भोटेकोशी त्रिशुली बाढी प्रभावितहरुको उद्दार, राहत तथा पुर्नस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा १ लाख २० हजार रुपैयाँ जम्मा गरेको छ ।

गण्डकी प्रदेशकै पहिलो डेन्टल अस्पताल कान्तिपुर डेन्टलले सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारको खातामा सो रकम जम्मा गरेको हो ।

अस्पतालका सीईओ प्रतिकमान श्रेष्ठले अकल्पनीय बाढीले ठूलो जनधनको क्षति पुरयाएकोले विपद्को यस घडीमा पीडित परिवारको साथमा उभिनु आफूहरुको सामाजिक दायित्व भएको बताउँदै अस्पतालको तर्फबाट सरकारको कोषमा रकम जम्मा गरेको बताए । उनले यस अभियानमा आम नागरिक तथा समुदायलाई पनि सहभागि हुन आग्रह गरे ।

गत १० भदौमा आएको विनाशकारी बाढीबाट बेपत्ता भएका मध्ये अहिलेसम्म १२०० बढीको शव प्राप्त भएको छ । ४ हजार बढी अहिले पनि बेपत्ता भएको सरकारी तथ्यांक छ ।

बाढीबाट खरबौंको सम्पत्ती नष्ट भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *