स्वास्थ्य बीमा बोर्डद्धारा सेवा प्रदायक स्वास्थ्य संस्थाको गत चैतसम्मको बक्यौता ‘क्लियर’

0
Shares

काठमाडौं, १७ भदौ । बीमितहरुलाई सेवा दिई सकेपछि सोधभर्नाको रकम नपाईँ बर्षौ देखिको थलिएका स्वास्थ्य बीमा बोर्डमा सूचीकृत स्वास्थ्य संस्थाले पछिल्लो केही समय देखि राहत महसुस गर्न थालेका छन् ।

स्वास्थ्य बीमा बोर्डले एक पछि अर्को गर्दै धमाधम पुराना बक्यौता भुक्तानी गर्न थालेपछि उनीहरुले राहत महसुस गरेका हुन् ।

पछिल्लो पटक बोर्डले सेवा प्रदायकलाई २ अर्व ६ करोड ४३ लाख ३४ हजार ७७२ रुपैयाँ भुक्तानी गरेको छ । यो संगै सेवा प्रदायक स्वास्थ्य संस्थाको गत चैत मसान्तसम्मको बक्यौता रकम क्लियर भएको छ ।

पछिल्लो पटक सुविधा थैलीमा गरिएको केही परिवर्तन, अतिरिक्त बजेटको उपलव्धताले बोर्डले यो बक्यौता रकम भुक्तानी गर्न सफल भएको हो ।

हुन पनि गतवर्ष स्वास्थ्य बीमाका लागि १० अर्व बिनियोजन भए पनि करीव २३ अर्व भुक्तानी गरिएको उल्लेख थियो । यसवर्ष स्वास्थ्य बीमाका लागि १५ अर्व बजेट विनियोजन गरिएको छ । संगसंगै बोर्डबाट अनावश्यक परीक्षण रोक्ने गरी प्रणालीमा केही परिवर्तन गरेपछि दावी भुक्तानीका लागि माग हुने बाढीमा समेत परिवर्तन आएको छ ।

त्यसो त बोर्डले पछिल्लो समय जिम्मेवारी लिएको विपन्न नागरिक उपचारको कोषको रकम वितरण प्रक्रियालाई पनि नियमित गर्दै आएको छ । यो रकमले पनि सेवा प्रदायक अस्पतालहरुलाई ठूलो राहत मिलेको बताइएको छ ।

नियमित रकम पाउन थालेपछि सेवा रोकेका अस्पतालहरुले पुन स्वास्थ्य बीमा कार्यक्रम सुचारु गर्न थालेका छन् ।

पछिल्लो पटक कुन कुन अस्पतालले कति रकम सोधभर्ना पाए ? हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ?

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *