नारायणी अस्पतालको गाइने वार्डबाट चोरिएको नवजात शिशु २० घण्टा पछि फेला

वीरगञ्ज, १५ भदौ । नारायणी अस्पतालको अब्स एण्ड गाइने वार्डबाट आइतबार दिउसो ४ बजे चोरिएको नवजात शिशु करीव २० घण्टा पछि फेला परेको छ ।
रामनगर बहुअर्वा -३ सर्लाहीकी २७ वर्षीया रिंकु देवीबाट जन्मेको नवजात शिशुलाई म बिरामीको कुरुवा हुँ भन्दै एक अपरिचित व्यक्तिले चोरेकी थिईन ।
घटना पछि अस्पताल प्रशासन, वडा प्रहरी विर्ता र जिल्ला प्रहरी कार्यालयको अग्रसरतामा सीसीटीभी फुटेज पछ्याउँदै जाँदा बच्चा भेटिएको हो ।
अस्पतालका निमित्त प्रमेसु डा खालिद हसनले आज अवेर जारी विज्ञप्तीमा बच्चा भेटिएको प्रहरी तथा परिवारको रोहबरमा अस्पतालमा ल्याइएको र एनआईसीयूमा उपचार भईरहेको बताइएको छ । सो बच्चाको अवस्था अहिले सामान्य रहेको पनि अस्पतालले जनाएको छ ।
घटना के कारण भयो ? कसरी भयो ? भन्ने बारेमा विस्तृत खुलाइएको छैन ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



