चीनको वुहानबाट १७५ जना नेपाली लिएर उड्यो विमान, विहान ४ बजे आईपुग्ने

472
Shares

काठमाडौँ, ३ फागुन । चीनको वुहान अन्तराष्ट्रिय विमानस्थलबाट १७५ जना नेपाली बोकेर नेपाल एयरलायन्सको वाइडबडी विमान काठमाडौँका लागि उडेको छ । नेपाल आउन चाहनेको सूचीमा १८५ जना देखिए पनि १० जना उतै रोकिएका छन् ।

बेईजिङस्थित नेपाल दुतावासका अनुसार रोकिएका १० जना मध्ये ६ स्वास्थ्यको कारणले आउन पाएनन् भने ४ जना आफूखुशी आउन चाहेनन् ।

दुतावासले विमानमा १७० जना विद्यार्थी, एक जना कर्मचारी, २ जना भ्रमण गर्न गएका व्यक्ति र २ जना बच्चाहरु गरी १७५ जना सवार रहेको जनाएको छ ।

बुहानबाट विहान नेपाली समय अनुसार रातीको १० ३७ बजे उडेको छ । सो विमान विहानको ४ बजेतिर काठमाडौँ अवतरण हुने दुतावासद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *