एघारौँ तहका तीन जना चिकित्सकसंग स्पष्टिकरण माग गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, १ फागुन ।  सरकारले ११ औं तहका तीन जना चिकित्सकसंग स्पष्टिकरण माग गर्ने निर्णय गरेको छ। विदा स्वीकृत नगराई लामो समय देखि अनुपस्थित भएको भन्दै उनीहरुलाई स्पष्टिकरण माग गर्ने निर्णय गरेको हो ।

गत सोमबार र मंगलबारको मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्ने क्रममा सरकार प्रवक्ता गोकुल बास्कोटाले तीन जना चिकित्सकसंग स्पष्टिकरण माग्ने निर्णय गरेको जानकारी दिए।

मन्त्रिपरिषद्ले बिदा स्विकृत नगराई आफ्नो कार्यालयमा अनुपस्थित रहेको भन्दै प्रमुख कन्सलटेन्ट सर्जन डा ढुण्डीराज पौडेल, प्रमुख कन्सलटेन्ट अर्थोपेडिक सर्जन डा. राजेन्द्र सञ्जेल क्षेत्री र प्रमुख कन्सलटेन्ट फिजिसियन डा. विष्णुप्रसाद पौडेललाई स्वास्थ्य सेवा ऐन र नियमावली अनुसार स्वास्थ्य मन्त्रालयका सचिव मार्फत स्पष्टिकरण माग गर्ने निर्णय गरेको हो।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *