चिकित्सा शिक्षा आयोगका लागि चार जना निर्देशक खोजी हुँदै

काठमाडौँ, १९ कात्तिक । चिकित्सा शिक्षा आयोगमा रहेको चारवटा निर्देशनालयका लागि चार जना निर्देशक नियुक्तिको प्रक्रिया अघि बढाइएको छ । निर्देशक नियुक्तिका लागि नाम सिफारिस समितिले आज सूचना जारी नियुक्ति प्रक्रिया अघि बढाएको हो ।

समितिले आज जारी गरेको सूचनामा निर्देशक हुन चाहने व्यक्तिले तीन दिन भित्र (२१ कात्तिक) ५०० शब्दमा नबढाई आफ्नो व्यक्तिगत सोच र बायोडाटा राष्ट्रिय योजना आयोगको शिक्षा सचिवालय वा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्राविधिक शिक्षा शाखामा पठाउन भनिएको छ ।

निर्देशकको जिम्मेवारी कहाँ कहाँ ?
चिकित्सा शिक्षा आयोगमा चार वटा निर्देशनालय छन् । त्यसमा मापदण्ड तथा प्रत्यायन निर्देशनालय, योजना समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज रहेका छन् । यी निर्देशनालयमा पुरा समय काम गर्नका लागि खुल्ला प्रतिस्पर्धाबाट दरखास्त मागेको हो । ऐनमै निर्देशकको पदावधी चार बर्षको हुने उल्लेख छ । यस्तै काम राम्रो गरेको खण्डमा सोही निर्देशकका लागि अर्को एक अवधीको लागि पुन नियुक्ती हुन सक्ने बताइएको छ ।

निर्देशकका लागि योग्यता के हो ?
चिकित्सा शिक्षा ऐनको दफा २९ को उपदफा ८ मा निर्देशक पदका लागि योग्यता तोकिएको छ । त्यसमा भनिएको छ, ‘उपदफा ६ बमोजिम समितिले निर्देशनालय वा बोर्डको कामसंग सम्वन्धित दक्षता र कम्तीमा १५ बर्षको अनुभव प्राप्त प्राध्यापक वा नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा अनुभव भएको , उत्कृष्ठ व्यवस्थापकीय सीप तथा कौशल, स्वच्छ छवि र व्यावसायिकता भएका व्यक्तिहरुमध्येबाट उपयुक्त व्यक्तिलाई निर्देशक पदमा नियुक्तका लागि सिफारिस गर्नेछ ।’

उपदफा ६ मा सिफारिस समितिको गठन बारे उल्लेख छ । त्यसमा भनिएको छ, ‘निर्देशकको नियुक्तिको लागि उपाध्यक्ष समक्ष नाम सिफारिस गर्न अध्यक्षले तोको राष्ट्रिय योजना आयोगको सदस्यको संयोजकत्वमा सम्वन्धित विषयका प्राध्यापक र कुनै एक विज्ञ रहेको तीन सदस्यीय सिफारिस समिति गठन हुने छ ।’

ऐनमै निर्देशकको नियुक्ति प्रक्रिया शुरु गरेको १५ दिन भित्र समितिले निर्देशकको नाम उपाध्यक्ष समक्ष सिफारिस गर्नुपर्ने उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *