सचिव पद त्यागेर डव्लुएचओमा सहसचिव तहको जागिर खान जालिन् डा. चौधरी ?

काठमाडौँ, १३ असार । परिस्थिति मिल्यो भने स्वास्थ्य सचिव डा पुष्पा चौधरी छिटै नै सचिव पदबाट राजिनामा दिएर विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को कर्मचारीमा आवद्ध हुनेछिन । किनकी उनले डव्लुएचओको भारतस्थित ‘कन्ट्रि अफिस’को लागि पी फाइव (सहसचिव तह) लेभलको पोष्टमा छनौट भइसकेकी छन् । केही साता अघि देखि चलेको अनलाइन माध्यमबाट लिइएको लिखित र अन्तरवार्तामा उनी छनौट भएकी हुन् ।

सो पदमा उनीसंगै पूर्व सचिव डा किरण रेग्मीले पनि आवेदन दिएकी थिईन । लिखितमा उनको पनि नाम निस्किएको थियो तर अन्तरवार्तामा उनी ‘आउट’ भएको बताइएको छ ।

सचिव चौधरीले भने यो डब्लुएचओमा जाने वा नजाने भन्ने नितान्त व्यक्तिगत विषय भएको बताइन । डव्लुएचओको बारेमा चलेको सबै हल्ला भएको प्रतिक्रिया दिइन ।

त्यसो त डव्लुएचओमा जाने विषयबारे प्रधानमन्त्री कार्यालयले समेत चासो राखेको बताइएको छ । प्रधानमन्त्री कार्यालयले १० दिन अघि नै त्यसबारेमा सोधी खोजी गरेको स्वास्थ्यका एक अधिकारीले बताए । ‘हामीलाई त थाह भएन, तर प्रधानमन्त्री कार्यालयबाट डव्लुएचओमा जान लागेको हो भनेर सोधखोज गरिएको थियो । हामीलाई केही थाह छैन भनेर जवाफ दियौँ,’मन्त्रालयका एक अधिकारीले भने ।

नियम अनुसार विशिष्ठ श्रेणीका कर्मचारीले राजिनामा दिएर वा सरकारी स्वीकृति लिएर मात्रै अन्तराष्ट्रिय गैरसरकारी संस्थामा आवेदन दिन पाउँछ । ‘प्रधानमन्त्री कार्यालयबाट सोधी खोजी गरेको सचिव चौधरीले सायद सो प्रक्रिया नअपनाएर पो हो कि ?,’ मन्त्रालय स्रोतले भन्यो ।

त्यसो त प्रधानमन्त्री कार्यालय र सचिव चौधरीबीच त्यति राम्रो सम्वन्ध छैन । मन्त्रिपरिषदले गरेको सरुवाको निर्णयलाई सचिव चौधरीले सर्बोच्चमा रिट हालि उल्ट्याईदिएपछि दुरीमा खटपट सुरु भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *