रसुवा भोटेकोशी बाढी:

प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा यतिकेम ग्रुपको ५५ लाख १५ रुपैयाँ सहयोग

32
Shares

काठमाडौँ, १६ भदौ । नेपालको औषधी क्षेत्रको अग्रणी समूह यतिकेम ग्रुपले प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा ५५ लाख १५ रुपैयाँ सहयोग गरेको छ ।

गत १० भदौमा आएको रसुवा-भोटेकोशी बाढी पछि उद्दार, राहत तथा पुर्ननिर्माण कार्यका लागि  सहयोग होस् भन्दै यतिकेमले सो रकम कोषमा दाखिला गरेको हो ।

आज दिउसो सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर ग्रुपका अध्यक्ष प्रभुराज वैद्य, प्रवन्ध निर्देशक पृथ्वीराज वैद्यसहितका पदाधिकारी तथा कर्मचारीको समूहले अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटी सो रकम हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण पछि बोल्दै अध्यक्ष वैद्यले राष्ट्रमा परेको महाविपत्तीमा व्यक्ति तथा संस्थाहरुले सकेको सहयोग गर्नु पर्ने भन्दै आफूहरुले सोही अनुसार सहयोग गरेको बताए ।

प्रवन्ध निर्देशक वैद्यका अनुसार यतिकेम ग्रुप अन्तर्गत यतिकेम डिस्ट्रिव्युटर्स प्रालि, यति फर्माकेम डिस्ट्रिव्युटर्स प्रालि र यति हेल्थ केयर प्रालि सञ्चालनमा छन् ।

औषधी आयात तथा उत्पादनमा सक्रिय यतिकम ग्रुप सामाजिक उत्तरदायित्व निर्भाहमा समेत सधै अगाडी देखिने गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *