राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त पदाधिकारीहरु नियुक्त, कुन पदमा को ?
काठमाडौँ, १८ भदौ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त पदाधिकारीहरुको नियुक्ती भएको छ । प्रतिष्ठानका उपकुलपति प्राडा अजयकुमार मिश्रको सिफारिसमा बिहीबार प्रतिष्ठानकी सहकुलपति समेत रहेकी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले पदाधिकारी नियुक्त गरेकी हुन्।
मन्त्रालय स्रोतका अनुसार प्रतिष्ठानको रेक्टर पदमा डा रामनारायण मण्डल, रजिष्ट्रारमा श्याम लम्साल र डीन पदमा डा कृष्णकुमार झा नियुक्त भएका छन् ।
प्रतिष्ठानको अस्पताल निर्देशकको जिम्मेवारी भने डा सुरेश विके रसाइलीले पाएका छन् ।
प्रतिष्ठानका महत्वपूर्ण प्रशासनिक तथा शैक्षिक जिम्मेवारीमा नयाँ पदाधिकारी नियुक्त भएसँगै प्रतिष्ठानको व्यवस्थापन र शैक्षिक गतिविधिले थप गति लिने अपेक्षा गरिएको छ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



