औषधी व्यवस्था विभागको महानिर्देशकमा पुन: भरत भट्टराई

21
Shares

काठमाडौं, १० भदौ । औषधी व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी पुन: भरत भट्टराईले पाएका छन् । स्वास्थ्य मन्त्री निशा मेहताले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै भट्टराईलाई महानिर्देशकको जिम्मेवारी दिएकी हुन् ।

औषधीको मूल्यको विषयमा औषधी व्यवस्था विभागका तत्कालीन महानिर्देशक नारायणप्रसाद ढकाल छानविनमा परेपछि त्यसबेला राष्ट्रिय औषधी प्रयोगशालामा निर्देशक रहेका भट्टराईलाई पनि मन्त्रालय तानिएको थियो ।

गत ३ बैशाखमा मन्त्रालय तानिएका एघारौँ तहका भट्टराईलाई झण्डै साढे पाँच महिना पछि विभागको महानिर्देशकको जिम्मेवारी दिईएको हो ।

यसअघि सो ठाउँमा दशौँ तहकी शिवानी खड्गीले निमित्त महानिर्देशकको जिम्मेवारी पुरा गरेकी थिईन् ।

‘भट्टराईलाई त्यसबेला मन्त्रालय तानियो । तर उनको खास मुद्धा थिएन । लामो समय जिम्मेवारी विहीन बनाउन पनि उचित हुन्न भनेर अहिले महानिर्देशकको जिम्मेवारीमा पठाउने निर्णय गर्नु भएको हो,’ मन्त्रालय उच्च स्रोतले भन्यो ।

भट्टराई यसअघि पनि विभागको महानिर्देशक बनिसकेका थिए ।

भट्टराई महानिर्देशक भएपछि निमित्त महानिर्देशक रहेकी खड्गी भने पुरानै जिम्मेवारीमा फर्किने छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *