रसुवा बाढी : रोटरी क्लव अफ काष्ठमण्डपद्धारा बडी व्याग र सोलार लाइट सहयोग

0
Shares

काठमाडौँ, १६ भदौ । भोटेकोशी रसुवा बाढीमा परेकाहरुको उद्दार कार्यमा सहयोग गर्न रोटरी क्लव अफ काष्ठमण्डपले बडी व्याग र सोलार लाइट प्रदान गरेको छ ।

विनाकाशी बाढीले बिजुली बत्तीमा क्षति पुरयाएको र ठूलो संख्यामा हताहती हुँदा शबको व्यवस्थापनमा समेत कठिनाई भएको जानकारी आएपछि रोटरी क्लव अफ काष्ठमण्डपले यस्तो सहयोग गरेको प्रेसिडेन्ट शैलेश वैद्यले बताए ।

उनका अनुसार रोटरीले नेपाली सेनाको बहु व्यवसाय उद्योगलाई डिजाइन दिएर तत्कालका लागि शब व्याग तयार भएको हो । यसका लागि रोटरी क्लव अफ भक्तपुरको समेत सहयोग रहेको बताइएको छ ।

रोटरीले ३५० थान सोलर लाइट र ३२० थान व्याग उपलव्ध गराएको जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *