अनशन तोडेपछि डा. केसीले भने, ‘बाँदरले आफ्नो घर पनि बनाउँदैन अरुले बनाएको भत्काउँछ’

काठमाडौँ, १८ माघ । २४ दिन लामो अनशन तोडदै गर्दा डा गोविन्द केसीले सरकार संसद र राष्ट्रपतिलाई चेतावनी दिन भ्याएका छन् । डा केसीका सहयोगी डा सुमन आचार्यले लिखित बक्तव्य पढेपछि अक्सिन लगाएका डा केसीले आफ्ना धारणा राख्न खोजेका थिए ।

उनका सहयोगीले पत्रकारहरुलार्इृ प्रश्न नसोध्ने गरी डा केसीले बोल्ने व्यवस्था मिलाएका थिए । त्यसपछि करीब ५ मिनेट बोलेका डा केसीले सरकारलाई बादरको संज्ञा दिन भ्याए भने विधेयकलाई जनतामारा र विद्यार्थीमारा भएको दोहोरयाए ।

उनले अरु के भने ? पढौँ

पहिला त म आज देशभरको अस्पतालमा चिकित्सा सेवा अवरुद्ध भएकोमा हाम्रा विरामी दाजुभाई दिदी बहिनीहरुसंग माफि चाहन्छु । अनि अर्कोकुरा के छ भने देखि बादरले आफुले पनि घर बनाउँदैन अरुले बनाएको घर पनि भत्काउँछ भन्ने कुरा अहिले चरितार्थ गरेको छ यो सरकारले ।

हामी लड्यौ जनता मुखी र विद्यार्थी मुखी ऐन बनाउनलाई सात बर्ष देखि लडि राखेका छौँ । त्यो बन्न लागेको थियो तर अहिलेको यो मफिया प्रेरित सरकारले त्यसलाई भताभुंग पारेर आफ्नो माफियाको स्वार्थ पुरा गर्ने विधेयक प्रस्तुत गरयो ।

र, विधेयक पारित गरयो ।  यो विधेयक जनता मारा र विद्यार्थी मारा विधेयक हामीलाई स्वीकार्य छैन ।

र अर्को कुरा मैले मेरो सत्याग्रह तोडेँ ।  यसको मतलव यो होइन कि अहिले यिनीहरुले ल्याएको यो जनतामारा र विद्यार्थी मारा विधेयकमा मेरो लचकता छ भन्ने कुरा त्यो अवश्य होइन कदापी होइन ।

र अर्कोकुरा यो विधेयक ऐन बन्यो भने देखि मेरो यो विधेयक प्रति कुनैपनि सरोकार रहँदैन । समर्थन हुँदैन । म यो स्वीकार्ने वाला छैन ।

र म सरकारलाई के चेतावनी दिन्छु भने जवसम्म यो जनतामारा र विद्यार्थी मारा बुँदा राखेर जुन विधेयक पारित गरयो । त्यसलाई हामीसंग भएको सम्झौँता अनुरुप सच्याएर ऐन बन्नु पर्छ । भएन भने आन्दोलन त जारी रहन्छ रहन्छ । परयो भने सत्रौँ शुरु गर्न म हिच्किचाउनेवाला छैन ।

र म महामहिम राष्टपति प्रति मलाई विश्वास छ कि उहाँ जनताको पक्षमा हुनुहुन्छ । यदि यहि जनतामारा र विद्यार्थी मारा विधेयक यदि राष्टपति ज्यूकहाँ गयो भने म उहाँलाई अनुरोध गर्दछु, फेरी पुर्नबिचारका लागि फिर्ता पठाउनु हुनेछ । यदि फिर्ता पठाउनु भएन भने देखि म त सत्यबादी लडाकु हुँ जनताको पक्षमा लडन जनताको लागि लडन कसैको विरुद्ध पनि म लडछु ।

र म सबै नेपाली दाजुभाई दिदी बहिनीहरुलाई के भन्छु भने उहाँहरुको हक हीत स्थापित गरेर नै छाडछु त्यसको लागि जहिलेसम्म म लडनुपर्छ लडछु ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *