शिक्षण अस्पतालको निर्देशकमा नाम सिफारिस गर्न नयाँ कमिटि गठन गर्दै त्रिवि

काठमाडौँ, १२ भदौ । त्रिभुवन विश्वविद्यालयले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा रिक्त रहेको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न नयाँ सर्च कमिटि गठन गर्ने भएको छ । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डीन प्राडा जगदीश अग्रवालको संयोजकत्वमा तीन महिना अघि गठित कमिटिले नाम सिफारिस गर्न नसकेपछि त्रिविले अर्को कमिटि गठन गर्न लागेको हो ।

यद्धपी नयाँ कमिटिको नेतृत्व भने यसअघि असक्षम रहेको कमिटिका संयोजक रहेका डीन अग्रवाल नै गर्ने बताइएको छ ।

यसअघिका कार्यकारी निर्देशक प्राडा दीपक महराको चार बर्षे कार्यकाल सकिएपछि त्रिविले नयाँ निर्देशकका लागि नाम सिफारिस गत ८ जेठमा आइओएम डीन अग्रवालको संयोजकत्वमा तीन सदस्यीय कमिटि गठन गरेको थियो ।

उक्त कमिटिमा प्राडा जीवन शेरचन, सह प्राध्यापक डा रमेश सिंह भण्डारी सदस्य थिए । तर उक्त कमिटिले नाम सिफारिस गर्न असक्षम रहेको भन्दै गत ६ साउनमा त्रिवि समक्ष पत्र पठाएको थियो ।

सो पत्र पछि त्रिविले पुरानो कमिटि खारेज गरी नयाँ कमिटि गठन गर्न लागेको हो ।

‘हामीले नाम सिफारिस गरोस भनेर बेलैमा कमिटि गठन गरेका थियौँ । तर त्यो कमिटिले तीन महिना पछि नाम सिफारिस गर्न सकेनौँ भनेर पत्र पठाएको छ । अव त्यो कमिटि डिजल्भ हुन्छ र नयाँ  कमिटि गठन हुन्छ । सम्भवत यसै साता भित्र नयाँ कमिटि गठन हुनेछ,  त्रिवि उपकुलपति प्राडा तीर्थ खनियाले भने । उनले नयाँ कमिटिमा बरिष्ठतम प्राध्यापकहरुलाई सदस्य बनाउने बताए तर पदीय हिसावले डीन अग्रवाल नयाँ कमिटिमा पनि संयोजक रहने संकेत गरे ।

‘मापदण्ड बनाइयो र लत्याइयो’
यसअघिको कमिटिले नाम सिफारिस गर्न विशेष मापदण्ड बनाएर इच्छुकसंग आवेदन समेत मागेको थियो । त्यस मापदण्ड अनुसार ला प्राडा वाइपी सिंह, प्राडा इश्वर लोहनी, प्राडा दिनेश काफ्ले, प्राडा प्रदिप बैद्य, प्राडा दिनेश विनोद पोखरेलले आवेदन दिएका थिए । तर मामदण्ड बनाएर पनि नाम सिफारिस गर्नै सकेन ।

सिफारिस गर्न संयोजक र सदस्यहरुले आ आफ्नै अडान न त्यागेपछि यसले काम गर्न नसकेको हो । त्यसमा प्राडा गोविन्द केसी फ्याक्टर झनै हावी भएपछि कमिटी झन अलमलमा परेको बताइने गरेको छ ।

यो पनि पढ्नुहोस्…….

शिक्षण अस्पतालको निर्देशकको नाम सिफारिस गर्न गठित ‘सर्च कमिटि’ असक्षम

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *